भक्तपुरः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी अक्षय तृतीयाका दिनमा पनि केदारनाथको शिर डोलेश्वर मन्दिर बन्द रहने छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आज सुचना प्रकाशित गरी सो को जानकारी दिएको हो ।

समितिको वार्षिक कार्यक्रमअनुसार यहि वैशाख १४ गते अक्षय तृतीयाका दिन डोलेश्वर मन्दिरका चारै ढोका खोलिने भएतापनि कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वव्यापीरुपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि लकडाउन भएकोले उक्त दिन मन्दिरका ढोकाहरु बन्द रहने समितिका अध्यक्ष बालहरी चालिसेले जानकारी दिएका छन् ।


मन्दिरमा नित्य हुने पूजा आरती लगायत विधि भने यथावत् रहने समितिले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १२, २१:१५