काठमाडौंः परदेशी युवाको जिवन भोगाई समेटिएको निकै मार्मिक गीत गायक अच्युत राज रेग्मी र गायिका कोपिला मगरको आवाजमा रहेको ‘क्यारि फर्कौं नेपाल’ गीतको भिडियो बजारमा रहेको छ ।
गीतको भिडियोलाई न्यू अन्जना मिडिया प्रालीले बजारमा ल्याएको हो ।
बिशेष गरि प्रदेशमा रहने नेपालीहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको गीत निमार्ण गरिएको छ ।
ऋषि रानाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायांकन, निरञ्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ ।
गीतको भिडियोमा आयुष, पवित्रा, अर्जुन पन्त, आर्यन र सरिता जिवन्त अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्ः

प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, १५:४६