काठमाडौंः अछामको विनायक नगरपालिका–४ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिका–३ का ३२ वर्षीय दिनेश विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय विनायक अछामले जनाएको छ ।

विनायक नगरपालिका–४ पलतास्थित मध्य पहाडी लोकमार्गमा भे १ त ८२९४ नम्बरको ट्याक्टर अनियन्त्रीत भई पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।


प्रकाशित मितिः बिहीबार, पुस १७, १५:४३