काठमाडौंः काठमाडौंको शंखमूलमा अज्ञात समूहले एक सरकारी गाडीमा आगजनी गरेको छ ।

राजश्व तालिम केन्द्र, हरिहर भवनको बा १ झ ८८१८ नम्बर प्लेटको बोलेरोमा आगजनी गरिएको हो ।

अहिले प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगो कसले र कुन उद्देश्यले लगाइएको हो भन्ने जानकारी प्राप्त भएको छैन । प्रहरीले उक्त गाडीमाथी आगजानी गर्नेहरुको खोजी भइरहेको जनाएको छ ।