पाल्पाः पाल्पामा अज्ञात समुहबाट बम विस्फोटन भएको छ ।

तानसेन-५ कैलाशनगरमा अज्ञात समुहबाट बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार सो बम प्रेसर कुकर बम हुन सक्ने अनुमान गरिएको छ । विस्फोटनबाट केहि क्षति नभएको समेत जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोधमा नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव माओवादीले गरेको बन्दका कारण विप्लवका कार्यकर्ताले बम विस्फोटन गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।