पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुईन हटाउने निर्णय गरेका थिए ।

२०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्तापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

बझाङको धमेना चिरकिट्टेमा सेती नदी वारपार गर्न तुइन बनाइएको छ। ज्यानको बाजी लगाएर तुइन प्रयोग गर्नुपरेको तलकोट–३, की माया जोशी बताउँछिन्।

‘गाउँपारिको जंगल आउजाउ गर्न सधैँ तुइन प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘तुइनमा झुन्डिएर घाँसदाउराको भारी ओसार्नु हाम्रो दैनिकी हो। कहिलेकाहीं तर तुइन चुँडिएर मरिन्छ कि जस्तो लाग्छ।


।’

ओलीले उक्त निर्णय गरेको अढाई बर्ष बितिसक्दा पनि प्रदेश ७ सदुरपश्चिम दुईनमुक्त हुन सकेको छैन ।

खोला नदि वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपुर्ण तुईनकै भर गर्नुपरेको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन पुगिसकेको छ । नागरिक दैनिकमा खबर छ ।