काठमाडौंः लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ ।

प्रशान्त पौडेलको शब्द तथा संगीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ ।

एविएस म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीतमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, फागुन २३, १०:२३