काठमाडौंः अतिक्रमणको चपेटामा परेको काठमाडौंको टुँडिखेल क्षेत्र संरक्षणका लागि दबाब शनिबार हजारौंको मानव साङ्लो बनाएर टुँडिखेललाई घेरिएको छ ।

टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन् ।

‘टुँडिखेल कसको विर्ता जनताले लिनेछ अब फिर्ता, खुला ठाउँलाई खुला नै राखौं, टुँडिखेल बिक्रीका लागि होइन’ लेखिएका प्लेकार्ड बोकेर मानव साङ्लो बनाइएको थियो ।

साँस्कृतिक झाँकीसहित शुरु भएको अभियानमा राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवा, विद्यार्थी, कलाकार, सञ्चारकर्मीहरुको सहभागिता थियो ।

नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए ।


। सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् ।

टुँडिखेलमा सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको शुरुवात गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताएका छन् ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, १२:१५