महोत्तरीः महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८, बेलगाछीमा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् ।

बेला धान रोप्दारोप्दै बेहोस भएका तीन जना मध्ये ३५ वर्षीया सिकिलदेवी सदा मुसहर मृत्यु भएको प्रहरीले जनाएको छ । बेहोस हुनेमा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर रहेका छन् ।

बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ ।

बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै उनीहरुको मृत्यु र बेहोस भएका हुन् ।