बाँके: अत्याधिक वर्षासँगै आएको बाढीमा डुबेर एक जना वृद्ध हराएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका ३ का ६५ वर्षिय तुलाबहादुर बुढा जेठी नालामा डुबेर हराएका प्रहरीले जनाएको छ ।

बुढाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

उता बाँके जिल्ला प्रशासनले डुडुवा र राप्तीसोनारी गाउंपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सर्तकता अपनाउन तथा अग्लो सुरक्षित स्थानको समेत खोजी गर्न आग्रह गरेको छ । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।