रोल्पा: रोल्पामा अविरल वर्षासँगै घर भत्किँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङमा घर भत्किएर २ जनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

अत्याधिक वर्षसँगै घर भत्किदा गारोले च्यापेका उनीहरुको परिचय भने खुल्न सकेको छैन ।

अहिले स्थानिय र प्रहरीको सहयोगमा उद्दारकार्य जारी छ ।

फाइल तस्विर