काठमाडौंः अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतो रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल चैत १५ गते आइतबार, ०७:२१