काठमाडौं : तत्कालीन माओवादीको एक समूहले गंगामाया अधिकारीको १७ वर्षीय छोरा कृष्णप्रसादलाई चितवनबाट अपहरण गरी २०६१ जेठ २४ मा हत्या गरेको थियो।

हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै अधिकारी दम्पती पटकपटक आमरण बसे अनशन बसेकै बेला अधिकारीका पति नन्दप्रसादको पनि वीर अस्पतालमै साढे तीन वर्षअघि मृत्यु भएको थियो। उनको अन्त्येष्टि अहिलेसम्म भएको छैन। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

गोरखा फुजेलकी ६२ वर्षीया अधिकारी छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग राखेर पछिल्लो पटक वीर अस्पतालमा गणतन्त्र दिवसका दिन ९जेठ १५० देखि आमरण अनशन बसेकी हुन्।


आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।गंगामायाले आफ्नो जेठा छोरा नुरप्रसाद पनि चार वर्षदेखि बेपत्ता भएको बताएकी छिन्।

उनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि मानवअधिकारकर्मीको एक समूहले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर जानकारी गराएको छ । नागरिक दैनिकमा समाचार छ।