काठमाडौं: अनसनरत डा. गोविन्द केसीको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापाले सरकारले कुनै अवरोध नगरेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै गृहमन्त्री थापाले भने, डा. केसीलाई स्वास्थ्य परीक्षणका लागि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान नदिइएको भन्ने कुरा सत्य होइन भन्दै प्रतिपक्षी सांसदहरुले उठाएका प्रश्नको जवाफमा यस्तो दावी गरेका हुन् ।

डा. केसीको उपचारका लागि काठमाडौं ल्याउन सरकार तयार रहेको बताउँदै थापाले भने, ‘उहाँको उपचार गर्न यहाँ ल्याउन चाहान्छौं। उहाँले मान्नु भएन। जबर्जस्ती ल्याउनु पर्यो भनेर यो सदनले आदेश दिनु पर्‍यो।


। हामीले ल्याउँछौं ।’

प्रतिष्ठानको काम कारवाही प्रभावित नहोस् भनी केसीलाई अनसन गर्न कभर्ड हलमा सारिएको समेत गृहमन्त्रीले जानकारी दिए।

डा. केसी सात बुँदे माग राखी पाँच दिनदेखि जुम्लामा अनसन छन् ।