बझाङः सुर्मा गाउँपालिका–४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरी बस्ने ४० वर्षीय जोगिरी धामी, सोही ठाउँ बस्ने विकास धामी, २३ वर्षीय गोबिन्द धामी, २२ वर्षीय बिरेन्द्र धामी, हिमाल धामी, सुर्मा गाउँपालिका–५ सैनगाउँ बस्ने २५ वर्षीय जनक जेठारा, २९ वर्षीय बल बहादुर जेठारा, ३९ वर्षीय दान बहादुर लकण्डी र २१ वर्षीय बैरागी लकण्डी रहेका छन् ।


साईपाल गाउँपालिकामा संकलन गरिने यार्सागुम्बा डिभिजन वन कार्यालय बझाङ र सम्बन्धित स्थानीय तहहरुबाट रोक लगाइएकोमा उनीहरुले अनुमती नलिई यार्सागुम्बा संकलन गर्न गएको अवस्थामा प्रहरी चौकी दौलीचौर र भुग्तोली सामुदायिक वनका पदाधिकारी समेतको टोलीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरुलाई बरामद यार्सागुम्बा सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बझाङ पठाइएको छ ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, २१:३१