काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको एकता टुंग्याएको छ ।

शुक्रबार बसेको बैठकले लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय रहने गरी टुंग्याएको हो ।

बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन ।


। अनेरास्ववियूको संयोजकमा ऐन महर र सहसंयोजक रञ्जित तामाङ तोकिएका थिए ।

त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

केन्द्रीय कमिटीको नामावली हेर्नुहाेस्


प्रकाशित मितिः शनिबार, पुस १९, १०:५९