कञ्चनपुर: वैदेशिक रोजगारीका लागि श्रीमान कतारमा रहेका बेला भएको अनैतिक सम्बन्धले जन्मिएको नवजात शिशु हत्या गर्ने दूई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।

गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनीहरु बीच अनैतिक सम्बन्ध भएको थियो । बिहीबार जन्मिएको शिशुको हत्या भएकोे खबर प्राप्त भएपछि शुक्रबार साँझ दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।


। मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।