काठमाडौंः गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ । मायालु जोडि बीचको प्रेमको प्रसँगलाई गीतमा समेटिएको छ ।

विरेन्द्र परियारको छायांकन, अनिल विष्टको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ ।

भिडियोमा अन्जली अधिकारी, धुव्र हिमाली, ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १२:४२