काठमाडौंः गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘उडायो पछ्यौरी’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ । गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियो रोमान्टिक बनेको छ ।

भिडियोमा निर्देशन सिरेन बराल नृत्य निर्देशन, सुबोल थापा छायांकन, दीपक गिरी र सम्पादन अमृत चापागाईंको रहेको छ ।

भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, १०:४५