काठमाडौंः भारतीय विद्युत् निर्माण कम्पनी सतलजले अरुण तेस्रो आयोजनाको निर्माण अनुमति पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका बेला शिलान्यास गर्ने कार्यक्रम रहेकाले लगानी बोर्डले अनुमति प्रदान गरेको हो । यो अनुमतिसँगै ९ सय मेगावाट क्षमताको अरुण तेस्रो भारत सरकारको स्वामित्वमा रहेको सतलजले निर्माण गर्ने बाटो खुलेको हो । यसअघि नेपालका प्रधानमनत्री केपी शर्मा ओली भारत भ्रमणका बेला नेपाल र भारतका प्रधानमन्त्री द्वारा संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम यही अनुमतिपत्रको अभावमा स्थगित भएको थियो ।

वैशाख २८ गते दुई दिने राजकीय भ्रमणका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ ।


। सो आयोजनाको संखुवासभाको बाँध स्थलको प्रत्यक्ष प्रसारण गर्ने तथा काठमाडौंको द्वारिका होटलमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर शिलान्यास गर्नेछन् । बाँध स्थलको प्रत्यक्ष प्रसारण गर्न नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याइसकेको छ ।

लगानी बोर्डले अनुमति दिएको अरुण तेस्रो आयोजना २ सय ५० मेगावाट क्षमताका ४ वटा टर्बाइन जोडेर ९ सय मेगावाट विद्युत् उत्पादन गरिने अनुमतिपत्रमा उल्लेख छ । अरुण तेस्रा आयोजनाका बाँधसम्बन्धी संरचनाहरू संखुवासभाको मकालु गाउँपालिका ३ र ५ तथा आयोजनाको विद्युत् गृह चिचिला गाउँपालिका ३ मा रहनेछन् ।
सतलजले २०७१ मंसिर १० गते बोर्डसँग सो आयोजना निर्माण गर्न आयोजना विकास सम्झौता ९पीडीए० गरेको थियो । सो कम्पनीले लगानी समयमा जुटाउन नसकेपछि म्याद थप्दै अब निर्माण गर्ने अवस्थामा पुगेको हो । सतलजले आयोजना निर्माणलाई अघि बढाउन एसजेभीएन अरुण तेस्रो पावर डेभ्लोपमेन्ट कम्पनी ९एसएपीडीसी० स्थापना गरिसकेको छ । लगानी बोर्डले एसएपीडीसीको नाममै उत्पादन अनुमति दिएको छ । सतलजले ९ वर्षअघि नै अरुण तेस्रोको सर्वेक्षण अनुमति पाएको हो । भारत सरकारले अरुण तेस्रो निर्माणका लागि ९१ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बजेटमै छुट्याइसकेको छ ।