काठमाडौंः ललितपुरमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली चलाएको छ।

ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको हो। उनलाई खुट्टामा गोली लागेको छ। उनीसँगै रहेका २ जना भने भाग्न सफल भएका छन् । घटनास्थलबाट १ थान पेस्तोल र दुई गोली बरामद भएको प्रहरीले  जनाएको छ ।

विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्काउदै आएका थिए।

पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको प्रहरीले जनाएको छ ।