रौतहटः रौतहटबाट शनिबार अपहरणमा परेका बालकको हत्या भएको छ।

रौतहटको कटहरिया नगरपालिकाको डुमरिया टोल बस्ने दीलिप साहको १२ वर्षीय छोरा युवराज साहको अपहरणकारीले घर भन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका– ५ स्थित बागमती किनारमा लगेर गोली हानी हत्या गरेको अवस्थामा फेला परेको छ ।

शनिबारदेखि नै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो तर सोमबार उनको शव भेटिएको छ ।

अपहरण र हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका टोल निवासी १९ वर्षीय शक्तिराय यादव, २० वर्षीय सुनील कुमार यादव ,२० वर्षीय प्रविण राय यादव, बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीय विनोद कुमार पटेल, र २० वर्षीय रवी कुमार पटेल पक्राउ परेका छन्।


पक्राउ परेका अपहरणकारीले बालकको परिवारसँग एक करोड रुपैयाँ फिरौती माग गर्दै आएको र नदिएपछि उनको हत्या गरेको प्रहरीले जनाएको छ ।