नवलपरासी (पश्चिम): प्रहरीले ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहार रहेका छन् ।

दुर्गेशले बालकलाई सोही ठाउँस्थित खेतमा लागि बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, १७:५८