पूर्वी अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको छ।
जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरेका थिए।
यो हमलामा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिरको पनि मृत्यु भएको छ।
हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन।
माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन्।
प्रकाशित मितिः २६ मंसिर २०७७, शुक्रबार, ०७:४३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook