काठमाडौंः अफगानिस्तानले जिम्बावेविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल अगाबै जितेको छ ।

आबुधाबीमा शुक्रबार दोस्रो टी–ट्वान्टीमा जिम्बावेलाई ४५ रनले पराजित गर्दै अफगानिस्तानले एक खेल अगाबै सिरिज २–० ले जितेको हो ।

अफगानिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनायो ।

जिम्बावेका लागि रायन ब्रुलले ४०, डोनाल्ड त्रिपानोले २४, मुसाकान्डाले २२ तथा रिचमण्ड मुतुमबामीले २१ रन बनाए ।

अफगानिस्तानका राशिद खानले ३ तथा मोहमद नाभी र नविन उल हकले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।


अफगानिस्तानका लागि करिम जनतले ५३, उश्मान घानीले ४९ तथा मोहमद नाबीले ४० रन बनाए ।

जिम्बावेका मुजाराबानीले २ विकेट लिए ।


प्रकाशित मितिः २०७७ साल चैत ७ गते शनिबार, ०७:१९