काठमाडौंः अफगानिस्तानको बामियान शहरमा बम विष्फोट भएको छ । विस्फोटमा परेर १७ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिस घाइते भएका छन् ।
विष्फोटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत रहेका छन् । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तहरुमध्ये एक हो ।
मंगलबार अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भैरहेका बेला विष्फोट भएको हो ।
स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो । अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन । – एजेन्सी
प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, ०८:३०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook