काठमाडौंः सरकारले अबको ३ महिना कुनैपनि प्रयोजनको लागि सडक नखन्न निर्देशन दिएको छ ।

सडक विभाग अन्तरगतको मध्यमाञ्चल ढक निर्देशनालयले एक सार्वजनिक सूचना जारी गरेर वर्षाको समयभरि खानेपानी, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनमा सडक नख्न्न निर्देशन दिएको हो ।

सडक थप बिग्रँदै जाने भएकाले वर्षायामभरि सडक खन्न नदिने निर्णय भएको सूचनामा उललेख गरिएको छ ।

यसरी खनिएको सडक सडक तत्कालै मर्मत गरी पूर्वअवस्थामा ल्याउन नसकिने जनाउँदै निर्देशनालयले सडक खन्न निषेध गरेको हो ।

असार १देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने व्यवस्था गरिएको हो । जबरजस्ती सडक खनेको पाइएमा कानुनबोजिम कारवाही गर्ने चेतावनी समेत सूचनामा उल्लेख गरिएको छ ।