काठमाडौंः अबैध यौन धन्दा गरेको आरोपमा दुई अभिनेत्री पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बलिउड अभिनेत्री अमृता धनोआ र स्ट्रगलिङ अभिनेत्री ऋचा सिंह रहेका छन् ।

उनीहरुलाई मुम्बइ पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रहरीले दिएको प्रतिक्रिया अनुसार, उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।

भारतीय प्रहरीले अवैध यौनधन्दा चलिरहेको सूचनाका आधारमा होटलमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली ग्राहक बनेर होटलमा पुगेपछि उनीहरुको कर्तुत थाहा भएको थियो ।


। त्यसपछि छापा हालेर उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, दुवै अभिनेत्री यौनधन्दाका एक हिस्सा हुन् ।


प्रकाशित मितिः शनिबार, पुस २६, १०:१८