चितवनः भरतपुर महानगरपालिका वडा नं.१० स्थित बसपार्कचोकमा अबैध रुपमा ओसारपसार गरिएका गाई नियन्त्रण लिइएको छ ।
चेकजाँच गर्ने क्रममा पश्चिम तर्फबाट पुर्व तर्फ जान लागेको ना ४ च ६६३४ नं. को बोलेरो गाडीमा ४ वटा गाई अबैध रुपमा ओसारपसार गरी रहेको अवस्थामा फेला पारी उक्त गाई तथा ओसारपसारमा संलग्न गाडी चालक र गाडी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रण पश्चात नियन्त्रणमा लिएका गाईहरुलाई पशु क्वारेन्टाईन चेकप्वईन्ट आँपटारी, चितवनमा बुझाईएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook