बाराः बारा प्रहरीले शुक्रबार दिउँसो अबैध हतियार र गोली सहित एक जनालाई पक्राउ गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोल स्थित बाटो छेउमा रहेको गजेन्द्र ठाकुरको सैलुन (कपाल काट्ने पसल) मा शंकास्पद रुपमा बसिरहेको अवस्थामा महोत्तरीको साविक डाम्ही मडई गा.वि.स.–२ हाल परिवर्तित महोत्तरी गाउँपालिका–२ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहारलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमरा र जितपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल थान १, गोली २ राउण्ड र मोबाइल सेट २ थान फेला पारी बरामद गरी उनलाई पक्राउ गरिएको हो ।
।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत ७ गते शनिबार, १५:४३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook