काठमाडौँः औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ?

औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम कैद र जरिवाना हुन सक्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशनक नरायणप्रसाद ढकाल भन्छन् ।

औषधि पसल खोल्दा सबै प्रकारका साधन र जनशक्ति हुनैपर्ने कानुनी व्यवस्था छ । आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्रीवितरण, डिस्पेन्सिङ वा सञ्चय गर्नु हुँदैन ।

मुलुकमा करिब २१ हजार औषधि पसल दर्ता भई सञ्चालनमा छन् । विभाग स्रोतका अनुसार करिब ७ हजार औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको अनुमान छ ।


नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त विक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रिवितरण गर्नुपर्ने जनाउँदै आएको छ । कान्तिपुरमा दैनिकमा समाचार प्रकाशित छ ।