काठमाडौंः नेपालमा पनि पुरुषले नर्सिङ्ग पढ्न पाउने भएका छन् ।

नेपाल नर्सिङ्ग परिषद्ले सूचना जारी गर्दै शैक्षिक सत्र २०७५/०७६ देखि लागू हुने गरि १५ प्रतिशत पुरुषलाई नर्सिङ्ग अध्ययनमा समावेश गराउन लागेको हो ।

सूचनामा भनिएको छ नेपाल सरकारको लैङ्गिक मूल प्रवाहिकरण गर्ने नीतिबमोजिम नेपाल नर्सिङ्ग परिषद्को मिति २०७५ साल असार ५ गतेको बैठकको निर्णयबमोजिम सम्पूर्ण विश्वविद्यालयहरु, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् अन्र्तरगतका नर्सिङ्ग शैक्षिक संस्थाहरुमा लागू गर्न अनुरोधको सूचना जारी गरिन्छ ।