काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताएको छ ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज निकालेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियताको पक्षमा राष्ट्रिय एकता ऐतिहासिक देखिएको भन्दै कांग्रेसले भूमि फिर्ताको दोस्रो चरणको अभियानमा अब गम्भीर कुटनीतिक पहलको अपेक्षा राखेको हो ।


कांग्रेसले स्वदेश र विदेशमा रहेका नेपालीलाई नक्सा पारित भएकोमा बधाई दिएको छ ।

यस्तो छ, वक्तव्य 

 


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, २१:४९