काठमाडौंः अब मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ ।

कोरोना संक्रमणको खतरा रहेको भन्दै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न सोमबार प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

पक्राउ गरी उनीहरुमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः सोमबार, असार २२, २०७७, २१:४१