काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको छ ।

बायोमेट्रिक मेडिकलका नाममा रहेको उक्त सिन्डिकेट नेपाल सरकारका तर्फबाट खारेजीको निर्णय गर्दै मलेसिया सरकारलाई समेत खारेज गर्न पराराष्ट्र मन्त्रालय मार्फत् कुटनीतिक पहल चालिने भएको छ।

श्रम मन्त्री गोकर्ण विष्टले गरिब युवालाई ठग्न गरिएका प्रपञ्च हटाउनका लागि आफूले पहिलो कदम स्वरुप मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको बताएका छन्।

मलेसियामा नयाँ सरकार आएकाले श्रम सम्झौता विपरित श्रमिकलार्इ ठग्ने यो प्रपञ्चको अन्त्य गर्न थप सहज भएको मन्त्री विष्टले बताए ।


। उनले भने, ुनेपाली युवालार्इ ठग्न रचिएको यो प्रपञ्च विरुद्ध हामीले निर्णय लिएका छौं । परराष्ट्रलार्इ कुटनीतिक पहलका लागि पत्र समेत लेखिसकेका छौं । चाँडै टुंगोमा पुग्नेछ।ु

केही वर्षदेखि बायोमेट्रिक मेडिकल भन्दै केही स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणमा सिन्डिकेट कायम गरेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, यो प्रणालीभित्र ३९ स्वास्थ्य संस्था छन्।