काठमाडौं: यातायातका साधनलाई कसरी परिमार्जन गर्न सकिन्छ भनेर संसारका प्राविधिक कम्पनीहरूले विभिन्न प्रयोग गरिरहेका छन् । प्राकृतिक स्रोतका रूपमा रहेको पेट्रोलिय पदार्थको ह्रास हुने क्रम बढ्दै गएको र उत्पादन कटौति गदैै जाँदा अत्यन्तै मूल्य पनि बढ्दै गएको छ । यसले विश्व अर्थतन्त्रमा प्रभाव पार्दै आएको छ । अझ विपन्न राष्ट्रका लागि पेट्रोलियम पदार्थको मूल्य टाउको दुखाइको विषय बन्दै गएको छ । यस्तो वास्तविकताका बीच पेट्रोलियम पदार्थको विकल्प विकल्प खोज्ने क्रममा फ्रान्समा हाइड्रोजन ग्यासबाट चल्ने रेलको विकास गरिएको छ ।

फ्रान्सको बहुराष्ट्रिय कम्पनी आल्स्ट्रोनले निर्माण गरेको रेलको इन्धन ट्यांकीलाई १५ मिनेटमै भर्न सकिन्छ र एकपटक इन्धन भरेपछि १ हजार किलोमिटर यात्रा गर्न सकिन्छ ।


। हाल यो नयाँ रेलको परीक्षण चलिरहेको छ । परीक्षण सफल भएर पूर्ण रूपमा सञ्चालनमा आए यो रेल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा चल्न सक्छ ।

उक्त रेल बिना आवाज चल्छ । कोराडिया आइलिन्ट नामक उक्त हाइड्रोजन ट्रेनलाई रेल नेटवर्कमा एउटा क्रान्ति नै मानिएको छ । कम्पनीले यसको पहिलो मोडल परीक्षण गर्नुका साथै तस्बिरसमेत सार्वजनिक गरेको छ ।