काठमाडौंः प्रमुख सत्तासाझेदार माओवादी केन्दले प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा प्रवक्ता तथा सांसद पम्फा भुसालले मोदीको भ्रमणका क्रममा भारतीय सुरक्षा कमाण्डोलाई बोलाइएको भन्दै आपत्ति जनाएको छ ।

मोदी नेपाल भ्रमणको मिति जुन ढंगले भारतीय मिडियाले घोषणा गर्ने गरेको देखियो । यो कुटनीतिक पहलको कमजोरी भयो।  उनले छिमेकी देशका राष्ट्र र सरकार प्रमुखलाई सुरक्षा दिन सक्छौ ।

भुसालले चीनका प्रधानमन्त्री आउँदा सुरक्षा दिएको भन्दै भारतीय प्रधानमन्त्रीलाई सुरक्षा दिन नसकिने भन्ने नभएको बताइन् । अहिले जुन ढंगले सुरक्षा कमाण्डो ल्याउने काम भयो त्यसप्रति जनताको असन्तुष्टि छ ।


नेपालमा आउने पाहुँनालाई सुरक्षा दिन सक्दैनौ भने किन बोलाउने भुसालले भनिन् । उनले मोदीको भ्रमणमा राष्ट्रका जल्दाबल्दा समस्या समाधान नभएको बताउँनु भयो ।

‘सीमा समस्या जटिल भएको र सीमा समस्या हल गर्ने कुरा भएन । विराटनगरमा भारतले अनावश्यक रुपमा राखेका कार्यालय हटाउने कुरा भएन र अरुण तेस्रोका सिलान्यान, प्राकृति स्रोतको लेनदेन गर्दा प्रतिनिधि सभाको दुई तिहाइले पारित गर्ने प्रावधान कता पुग्यो ।

भुसालले विदेशीसामु आन्तरिक समस्या बिसानने कुरा स्वीकार्य नहुने र नागरिक अभिनन्दनका बेला भएका अभिव्यक्तिलाई जनतालाई स्वीकार्य नहुने कुरा पनि प्रष्ट पारिन् ।