काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका विभिन्न सहरहरुमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् ।

प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरु भइरहेका बेला उनले यस्तो बताएका हुन् ।

गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यू लगाउदा पनि प्रदर्शन रोकिएका छैनन् ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरु सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरुलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु ।


।’

ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै आफूमा कानूनी राज्य स्थापना गर्ने जिम्मेवारी रहेको स्मरण गर्दै शान्तिपूर्ण प्रदर्शनको आह्वान पनि गरेका छन् ।

टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए । उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो ।

ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो ।


प्रकाशित मितिः मंगलबार, जेठ २०, ०८:०८