अमेरिका: अमेरिकाको मेरिल्यान्ड राज्यस्थित दैनिक पत्रिकाको कार्यालयमा बन्दुकधारीद्वारा आक्रमण भएको छ । मेरिल्यान्डबाट प्रकाशित हुने दैनिक पत्रिका क्यापिटल ग्याजेटको कार्यालयमा आक्रमण हसँदा ५ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । अन्य केही घाइतेसमेत भएको बताइएको छ ।

संदिग्ध आक्रमणकारी जारोड रामोस नामक एक श्वेत पुरुष रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामोसले २०१२ उक्त अखबारमाथि अपहेलना गरेको दाबि गर्दै क्षतिपूर्ति माग गरेर मुद्दा हालेको जानकारी प्रहरीले दिएको छ ।

एनापोलिस स्थित क्यापिटल ग्याजेटको भवनभित्र रहेका कर्मचारीहरूले बन्धुकधारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा गोली चलाएको जानकारी दिएका छन्।


। हालै समाजिक सञ्जालमार्फत उक्त अखबारलाई हिंसात्मक आक्रमण गर्ने धम्की दिइएको थियो।
क्यापिटल ग्याजेट अखबारका एकजना संवाददाताले बन्धुकधारीले अखबारको कार्यालयको सिसाको ढोकाबाट गोली चलाएको भन्दै ट्वीट गरेका छन्।

प्रहरीले योजनाबद्ध रूपमा आक्रमण गरिएको उल्लेख गरेको छ।आक्रमणकारीले बोकेको झोलाबाट नक्कली ग्रिनेड समेत फेला परेको बताइएको छ। प्रहरीले उनले ठूलो आकारको बन्दुकको प्रयोग गरेको जनाएका छन् । बीबीसी