काठमाडौंः कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिरहेको अवस्थामा अमेरिकाको सबै राज्यमा पनि फैलिएको छ ।

वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।

राज्यका गभर्नर जिम जस्टिसले राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

हालसम्म अमेरिकामा कोरोना भाइरसका ६ हजार ४८६ जनामा संक्रमण पुष्टि भइसकेका छन् भने १ सय ११ जनाको मृत्यु भएको छ ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरिसकेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।



प्रकाशित मितिः बुधबार, चैत ५, ०९:५३