काठमाडौंः विदेशमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील गायक बिन्ती कुमार गुरुङले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक गरेका छन् ।

गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई ळहाङ सुब्बाले संगीत संयोजन गरेका हुन् ।

पुर्वीय र पश्चिमी शैलीको फ्युजन रहेको यस गीतमा गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन् ।

म्युजिक भिडियोमा गायक गुरुङको साथमा आयशा अनवरको अभिनय देख्न सकिन्छ । भिडियोलाई गायक गुरुङको अफिसिएल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको हो ।

सुनिल उप्रेतीको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।


यसअघि गायक गुरुङले चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राई सँगको सहकार्यमा ‘माया त यस्तो’, ‘फुलभन्दा नि राम्री’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७, १९:१७