मेरिल्यान्डः अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउस’ सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।

‘आफ्नै तहमा जे–जति सकिन्छ, नेपाल चिनारीको काम अघि बढाइरहेको छु,’ उनले भने, ‘यो अभियानमा कुनै प्रकारको आर्थिक वा अन्य सहयोग सरकारबाट लिएको छैन ।


।’ विशुद्ध लोकगायकको आमचिनारी भए पनि महत आफूलाई राजदूतसरह परिचय गराइरहेका हुन्छन् ।

बाल्टिमोरमै बस्ने अर्का व्यवसायी ज्ञानप्रसाद रिमाल पनि मेरिल्यान्ड राज्यका लागि नेपाल सरकारको पर्यटनदूतको चिनारीमा यताउता गरिरहेका भेटिन्छन् । आफ्नो दुईवर्षे पदावधि आगामी जनवरी २३ मा पूरा हुने उनले जानकारी दिए ।


प्रकाशित मितिः शनिबार, असोज १८, ०७:३३