काठमाडौं: अमेरिकामा कोरोना भाइरसको दैनिक संक्रमण वृद्धिमा नयाँ कीर्तिमान कायम भएको छ ।

त्यहाँ तीन दिनयता लगायतार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ५१ जनामा संक्रमण भएको छ ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ५० हजार ९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८४ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३४ लाख २३ हजार ३६३ जनामध्ये १८ हजार २१४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार १६३ पुगेको छ ।


प्रकाशित मितिः २२ कार्तिक २०७७, शनिबार, ०७:११