काठमाडौं :अमेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २६ हजार ६७८ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ८४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८२ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ८४ लाख ५६ हजार ७२ पुगेको छ ।


संक्रमितमध्ये अहिलेसम्म १ करोड ७ लाख ८८ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७३ लाख ४० हजार ८२४ जनामध्ये २८ हजार ४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


प्रकाशित मितिः ७ पुस २०७७, मंगलबार, ०७:४६