काठमाडौंः कोरोनाभाइरसको संक्रमणबाट हुने कोभिड–१९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरु विभिन्न परीक्षण गरिरहेका छन् ।

अमेरिकी अनुसन्धानकर्ताहरुले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका छन् ।

वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ ।

छोटो समयमा बनाइएको खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण थालिएको र यसले बिस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ ।

उक्त खोपबाट कोरोनाभाइरसको संक्रमण अर्थात् कोभिड–१९ हुँदैन ।


। उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको संकेतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो ।

तर त्यो प्रतिलिपिले मानव शरीरमा हानि गर्दैन । विज्ञहरुका अनुसार त्यो खोप प्रभावकारिता थाहा पाउन केही महिना लाग्छ ।

अनुसन्धान सफल भएमा आमप्रयोगका लागि यो खोप तयार हुन १२ देखि १८ महिनाको समय लाग्ने युएस नेशनल इन्सिट्यूट्स अफ हेल्थका डा. एन्थोनी फिचीले बताएका छन् ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ११:३८