काठमाडौंः अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या साढे ४८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४७ हजार ५५२ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४८ लाख ६० हजार ५८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ८९९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २४ लाख ४४ हजार २७५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख ५७ हजार ४०६ जनामध्ये १८ हजार ७२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साउन २०, मङ्लबार, ०७:१०