काठमाडौंः अमेरिकाको न्यूयोर्कमा गाडीको ठक्करबाट एक नेपाली घाइते भएका छन् ।

घाइते हुनेमा म्याग्दीका ३५ वर्षीय खिमबहादुर सेती महर रहेका छन् ।

सोमबार साँझ ८ बाटो काट्दा गाडीले ठक्कर दिएको थियो । मगरको स्थानीय नासौ मेडिकल हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक छ ।

उनलाई ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको नासौ काउन्टी प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असोज १५, ०९:४३