काठमाडौंः संयुक्त राज्य अमेरिकाले नेपालको परिवर्तनमा निरन्तर सहयोग उपलब्ध गराउने अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले जनाएको समाचार आजको गोरखापत्रको अर्थ बजारले क पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, अर्थमन्त्री युवराज खतिवडासँगको भेटमा नियोगको एसिया ब्यूरोका सहायक प्रशासक ग्लोरिया डि स्टेलले नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धिका समेत नियोग सहयोग गर्न तयार रहेको बताए ।

भेटमा अर्थमन्त्री खतिवडाले सबै तहका सरकारको सार्वजनिक वित्त व्यवस्थापनलाई पारदर्शी बनाउन विश्वसनीय बजेट प्रणालीमा जोड दिइएको बताए ।


 


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०७:३०