भक्तपुरः अरनिको राजमार्गखण्ड बन्द भएको छ । मध्यपुरथिमि –४ राधेराधेस्थित खण्डमा सडक बन्द गरि स्थानिय आन्दोलनमा उत्रिएका हुन् ।

शनिबार दिउँसो भक्तपुरबाट काठमाडौं जादैं गरेको बा ३ ख २७२२ नम्बरको बसले विपरित दिशाबाट आएको बा ४० प २०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि बस्ने २४ वर्षिय दीपक ख्याजुको मृत्यु भएको बिषयलाई लिएर राजमार्ग अवरुद्ध गरिएको हो ।

चालकलाई ज्यान मुद्दा लगाएर कारवाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानिय बासिले सडक अवरुद्ध पारेका हुन् । मृतकका परिवार, आफन्त र स्थानिय बासिन्दाले महानगरीय प्रहरी वृत घराउ गरी कारवाहीको माग गर्नुका साथै राजमार्ग समेत अवरुद्ध पारेका छन् ।


प्रहरीले भने बस चालक दीपकबहादुर प्रधानलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारवाही पक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।