तेह्रथुमः अरिंगालको टोकाईबाट तेह्रथुमको लालिगुरांस नगरपालिका–९ सोल्मामा ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय नेत्र बहादुर लिम्बुको ३ वर्षीय छोरा निक्सेन लिम्बु रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार आफ्नै बारीमा खेलीरहेको अवस्थामा निक्सेनलाई अरिंगालले शरिरको विभिन्न भागमा टोकेर घाइते बनाएको थियो । घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, १०:३८